Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने


4.3K
Shares

गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने

गोरखा, १० वैशाख । गोरखामा दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच मात्रै चुनावी तालमेल हुने भएको छ ।

आठ पटक सम्म बसेको चार दलिय गठबन्धन बैठकबाट पनि भागबण्डामा सहमती हुन नसके पछि काँग्रेस र माओवादीवीच मात्रै चुनावी तालमेल गर्ने निर्णय भएको हो ।

जसमा कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमती भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

कांग्रेसले गोरखा नगरपालिकासहित गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिकामा प्रमुख पद लिने सहमती भएको छ ।

माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यस अघि जितेको बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लिने निर्णय भएको बताइएको छ ।

वडाको हकमा पनि यस अघि जितेको वडा यथावत रहने र एमालेसहित जसपाले जतेको वडामा बाँडफाँड गर्ने दुई दलका नेताहरु बिच सहमती भएको छ ।

शनिबार दिउँसो दुई दलवीच भएको बैठकमा कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, केन्द्रिय सदस्यहरु सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, अब्दुल सतार, नेतृ कमला पन्त सहभागी छन् भने माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज कृष्ण धिताल, अध्यक्ष लेख बहादुर थापा मगर, केन्द्रिय सदस्य अमर तमु, शुसिला सिम्खडा सहभागी रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology