Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

युवा उद्यमी आर्थिक विकास र सामाजिक रुपान्तरमा लाग्नुपर्छ : ऊर्जामन्त्री भुसाल


4.2K
Shares

युवा उद्यमी आर्थिक विकास र सामाजिक रुपान्तरमा लाग्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, १० वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा उद्धमीहरूले आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटनमा उहाँले नयाँ पुस्तालाई उत्पादनमा जोड्नका लागि युवा उद्धमीको संस्था संस्था ७५३ स्थानीय तहमा विस्तार हुनुपर्छ भन्नुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।” उहाँले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई सङ्गठिन गरेर उद्धममा प्ररित गर्नुपर्ने बताउनुभयो ।

औद्योगिकीकरण, यान्त्रिकरण र व्यवसायीकरणलाई प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “आर्थिक र सामाजिक विकासमा युवा उद्धमीहरू लाग्नुपर्छ ।” परम्परागत पीतृ सत्ताका कारण महिला पछि परेको उल्लेख गर्दै महिला उद्यमीहरूले शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमसिलतामा अब्बल हुनुपर्नेमा उहाँको जोड थियो ।

राजनीति, स्वाथ्य, शिक्षा र रोजगारका क्षेत्रमा महिला र पुरुषबीचमा समान अधिकार भएपछि मात्रै सबैले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुने बताउँदै मन्त्री भुसालले महिलाले आफ्नो क्षमता विकास गरेर आर्थिक तथा सामाजिक अधिकार कार्यान्वयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कृषि उत्पादन विस्तार गर्नका लागि अनुसन्धन एवं प्रवद्र्धनमा लाग्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कृषि प्रधान देशले वर्षेनि रु तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात हुनु होइन, कृषि उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्छ ।”

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमसिलतामा जोड्नकै आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology