Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि


3.1K
Shares

थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, १० वैशाख । नेपालमा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भए यता ४ करोड १० लाख ७५ हजार ७८२ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology