Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा गठबन्धन : आठौँ पटकको संयन्त्रको बैठकबाट पनि सहमति नजुटेपछि चार दल बीच चुनावी तालमेल नहुने


4.4K
Shares

गोरखामा गठबन्धन : आठौँ पटकको संयन्त्रको बैठकबाट पनि सहमति नजुटेपछि चार दल बीच चुनावी तालमेल नहुने

गोरखा, १० वैशाख । गोरखामा सत्ता गठबन्धन दलका नेताले आ–आफ्नो अडान नछोडे पछि चार दल बीच चुनावी तालमेलको सम्भावना अन्त्य भएको छ ।

आज अन्तिम निश्कर्ष निकाल्ने गरी बसेको गठबन्धन संयन्त्रको आठौँ बैठकमा पनि भागबण्डाका बिषयमा सहमति जुट्न नसकेपछि चार दल बीच चुनावी तालमेल नहुने गरी बैठक अन्त्य भएको संयन्त्रका संयोजक नन्दप्रसाद न्यौपानेले जानकारी दिनु भयो । सभापति न्यौपानका अनुसार आठ पटक बैठक बस्दा पनि गठबन्धन दलका नेताहरुले आ–आफ्नो अडान नछाडे पछि संयन्त्रको संयुक्त बैठकको औचित्य नभएको बताउनु भयो ।

अब हार्दिकता पूर्वक एक्लाएक्लै चुनावी लड्ने वा सत्ता गठबन्धनभित्रैका दुई वा तीन दल मात्र मिलेर अघि बढ्न पनि सकिने उहाँको भनाई छ । अनौपचारिक रुपले छलफल गर्न सकिने अबस्था भने नसकिएको उहाँले बताउनु भएको छ । आज बिहान बसेको अन्तिम बैठकसम्म नेपाली कांग्रेसले सात, माओवादीले पाँच, जनता समाजवादी पार्टीले दुई पालिकाको दाबी नछाडेकाले सहमति हुन नसकेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष सहभागी लेखबहादुर थापाले जानकारी दिनु भयो ।

कांग्रेसले एक नगरपालिकासहित सात पालिका र ४५ वडाको दाबी कायमै राखेको माओवादीले पनि एक नगरपालिकासहित पाँच पालिका र ४५ वडा दाबी गरेको र जसपाले पनि एक नगरपालिकासहित दुई पालिकाको दाबी गर्न नछोडे पछि संयन्त्रको बैठकको औचित्य समाप्त भएको ठहर गरी बैठक अन्त्य गरिएको उहाँले बताउनु भएको छ । अब आ–आफ्नो पार्टीबाट उम्मेद्वार छान्नतिर लाग्ने दुवै ठूला पार्टीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology