गोरखा ५, बैशाख । नेकपा माओवादी केन्द्रले गण्डकी गाउँपालिकाले गाउँपालिकाको अध्यक्षका लागि पार्टीका प्रदेश समिति सदस्य दिपक तिमिल्सिना ‘साकार’लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । गाउँपार्टी समितिको आइतबार बसेको बैठकले उहाँलाई पार्टीको तर्फ गाउँपालिकाको अध्यक्षमा सर्वसम्म उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका अध्यक्ष सिताराम रसाइलीले जानकारी दिनुभयो ।
प्रस्तवित अध्यक्षका उमेद्वार तिमिल्सिना पार्टीको गण्डकी गाउँपालिका इन्चार्ज समेत हुनुहुन्छ । गण्डकी गाउँपालिकामा अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पालिका अध्यक्षमा पराजित हुनुभएका तिमिल्सिनाले यो पटक जीत सुनिश्चित जस्तै रहेको माओबादीले दावी गरेको छ । माओबादी जनयुक्तदेखि नै सर्वहारा बर्गको मुक्तिलाई जनयुद्धमा होमिनु भएका तिमिल्सिना पार्टीमा योजना निर्माण गर्न सक्ने भिजन भएको नेताको रुपमा चिनिनुहुन्छ ।
उर्जाशिल व्यक्तित्व भएकाले पनि यस पटकको निर्वाचनमा तिमिल्सिनालाई नै जिताउनु पर्नेमा स्थानीय जोड रहेको स्थानीयबासी बताउछन् । गोरखाका ११ स्थानीय तहमध्ये माओबादीको आधार इलाका नै मानिने गण्डकी गाउँपालिकामा पछिल्लो पटक संगठन निर्माण अत्यन्तै मजबुत बनेकाले एकल प्रतिस्पर्धा गर्ने अबस्था आए अन्य दललाई प्रतिस्पर्धा गर्न कठिन अबस्था रहेको छ ।