Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

डब्लुएचओका प्रमुख डा. ट्रेडोस नेपाल आउँदै


2.4K
Shares

डब्लुएचओका प्रमुख डा. ट्रेडोस नेपाल आउँदै

काठमाडौं, २ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लाग्नु भएको हो ।

मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ८ वैशाख (२१ अप्रिल) मा महानिर्देशक डा. टेड्रोस नेपाल आउने जानकारी दिनु भयो । महानिर्देशक डा. टेड्रोस नेपाल सरकारको निमन्त्रणमा ३ दिने उच्चस्तरीय भ्रमणका लागी नेपाल आउन लाग्नु भएको हो ।

नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology