Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि, ५४ संक्रमित निको भए


2.7K
Shares

आज ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि, ५४ संक्रमित निको भए

काठमाडौं, १ बैशाख । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार २६२ जनाको पिसिआर र १ हजार ८० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर ४ सय ७९ जना सक्रिय संक्रमित छन्। ५४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology