गोरखा, १ बैशाख । आगामी बैशाख ५ गते देखी गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्य तथा सेलिब्रेटी नेपालले बैशाख ५ गतेदेखि ७ गतेसम्म तीनदिने ग्रामीण चलचित्र महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी र फिचर गरी ३५ वटा चलचित्र प्रदर्शन गर्ने आयोजक संस्थाका रघुनाथ सापकोटाले जानकारी दिनु भएको छ । एउटा ग्रामीण भेगमा बनेको चलचित्र अर्को ग्रामीण भेगमा प्रदर्शन गर्दा चलचित्रको प्रवद्र्धन हुने विश्वास लिएको उहाँले बताउनु भयो । सापकोटाका अनुसार महोत्सवमा गाउँका स्थानीय दन्त्यकथाहरु सुन्ने कार्यक्रम पनि राखिने छ ।
लाप्राक र यस आसपासमा स्थानीय भाषाका धेरै चलचित्र निर्माण तथा सुटिङ भएको भन्दै लाप्राकका वडाध्यक्ष राज गुरुङले ग्रामीण चलचित्र महोत्सव आयोजना गरेपछि झन यसको विकास हुने विश्वास व्यक्त गर्नु भएको छ । ।