Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज थपिए २२ संक्रमित, ४६ जना निको भए


1.1K
Shares

आज थपिए २२ संक्रमित, ४६ जना निको भए

काठमाडौं, २८ चैत । नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २२ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ९७२ जनाको पिसिआर र १ हजार १७२ जनाको एन्टिजेन परीक्षण गरिएको हो। अहिले देशभर ५६८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ४६ जना संक्रमित निको भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology