काठमाडौं, २८ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँको दरले घटेको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँ घटेको हो। हिजो प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।