Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिकामा मेयर,उपमेयरमा काग्रेस भित्रै १७ जनाको दावी (को-को हुन् दावेदार हेर्नुहोस)


7.9K
Shares

गोरखा नगरपालिकामा मेयर,उपमेयरमा काग्रेस भित्रै १७ जनाको दावी (को-को हुन् दावेदार हेर्नुहोस)

गोरखा, २८ चैत । गोरखा नगरपालिकामा नेपाली काग्रेसबाट मेयर र उपमेयरमा १७ जनाले दावी गरेका छन् । नगरपालिकामा मेयर पदका लागि १० जना र उपमेयर पदका लागि ७ जनाले दाबी गरेको काग्रेस निकट स्रोतले जनाएको छ । निर्वाचनको मिति नजिकिदै जाँदा सवै दलहरुमा उमेद्वारको आकाक्षी बढी रहेका बेला यस अघि काग्रेसले निर्वाचन जितेको गोरखा नगरपालिकामा काग्रेसका तर्फबाट जिल्ला उपसभापति इमानसिंह बस्नेत, सचिव किशोरजंग थापा, बाहालवाला मेयर राजनराज पन्तले आफ्नो दावी प्रस्तुत गरेका हुन् ।

त्यस्तै मेयरमा उप–मेयर पद जितेकी बिनाकुमारी श्रेष्ठ पार्टीकी गण्डकी प्रदेश सदस्य शोभा अधिकारी, महाधिवेशन प्रतिनिधि पूर्णबहादुर पन्त, जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, गोरखा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिलबहादुर थापा, पार्टीका पूर्व कोषाध्यक्ष भुगोल थापा, गोरखा नगर कार्यपालिका सदस्य हरि गान्धारीले पनि मेयर पदका लागि दावी पत्र प्रस्तुत गरेका छन् ।

यस्तै काग्रेसबाट नगरपालिकाको उपमेयरका लागि मिनादेवी श्रेष्ठ, पुष्पा श्रेष्ठ, शरद श्रेष्ठ, गोमा दवाडी, मसलिमाया थोकर, पम्फा गान्धारी र रिता परियारले पनि दावी गर्नुभएको काग्रेस निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology