Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

चुनावका लागि गोरखा नगरपालिका भित्र वाइसिएलको दुईवटा कमाण्ड तयार


9.9K
Shares

चुनावका लागि गोरखा नगरपालिका भित्र वाइसिएलको दुईवटा कमाण्ड तयार

गोरखा, १७ चैत । नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका स्तरीय युवाहरुको संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को प्रशिक्षण सम्पन्न भएको छ । निर्वाचनको तयारी र युवाहरुको परिचालनलाई व्यवस्थित बनाउन बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको नेकपा माओबादी केन्द्र गोरखा नगरपालिकाले जनाएको छ ।

सो अबसरमा नगरपालिका भित्र पर्ने क्षेत्र नम्बर र दुई अन्र्तगतका वडाहरु बिभाजन गरेर निर्वाचनमा परिचालनका लागि वाइसिएलको कमाण्ड समेत गठन गरेको नगरपार्टी समितिका अध्यक्ष कृष्ण रानामगरले जानकारी दिनुभयो । क्षेत्र नम्बर एक अन्र्तगत पर्ने वडा नम्बर १ देखि ७ सम्म र क्षेत्र नम्बर २ अन्र्तगत पर्ने वडा नम्बर ८ देखि १४ नम्बरसम्मका वडा बिभाज गरेर दुई वटा युवा कमाण्ड गठन गरेको उहाँको भनाई छ ।

बैठकले क्षेत्र नम्बर १ मा परेका वडाहरुमा वाइसिलको कमाण्डको जिम्मेवारी रोसन मियाँलाई दिएको छ भने २ नम्बरको क्षेत्रमा पर्ने वडाहरुमा रुबिन कुमालको नेतृत्वमा कमाण्ड गठन भएको अध्यक्ष रानामगरले बताउनुभयो । बैठकमा वाइसिएलका केन्द्रीय सदस्य तथा प्रदेश समितिका सहसचिव सुदिप नगरकोटी, नगरपार्टी अध्यक्ष कृष्ण रानामगर, नेताहरु रामबहादुर खड्का, हरी खनाल, रामहरी के.सी, दिलबहादुर सेन्चुरी बालकृष्ण परियार लगायतले प्रशिक्षणमुलक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology