Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अनेमसंघ क्रान्तिकारी शहीद लखन गाउँपालिकाको अध्यक्षामा लिला श्रेष्ठ चयन


4.7K
Shares

अनेमसंघ क्रान्तिकारी शहीद लखन गाउँपालिकाको अध्यक्षामा लिला श्रेष्ठ चयन

गोरखा, १७ चैत ।  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शहिद लखन गाउँपालिकाको भेलाले लिला श्रेष्ठको अध्यक्षतामा ४५ सदस्सीय पालिका स्तरीय समिति गठन गरेको छ । बिहिबार गाउँपालिकामा भएको भेलाले उपाध्यक्षमा सकुन थापामगर, तेजमाया गुरुङ, गिता परियार, सचिवमा संगिता थापा, सहसचिवमा शोभा श्रेष्ठ र कोषाअध्यक्षमा सरस्वती गैरे निर्वाचित हुनुभएको संघले जनाएको छ ।

पछि ६ सदस्य थप गर्ने गरि समिति गठन गरिएको अनेमसंघ क्रान्तिकारी शहीद लखन गाउँपालिकाकी इन्चार्ज तथा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो । भेलाको नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा संघिय सांसद हरिराज अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अमर तमु , पार्टीका गण्डकी प्रदेश समितिका सदस्यहरु शोभा लामिछाने,कृष्ण चेपाङ, रमेशकुमार श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology