काठमाण्डौ, १२ चैत । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन गर्न हुँदैन भन्ने नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ठूला कुरा नगर्न चेतावनी दिनुभएको छ ।
केन्द्रीय कार्य समितिको शुक्रवारको बैठक समापन गर्ने क्रममा सभापति देउवा आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको हो । उहाँले चितवनमा काग्रेसले कसैसंग गठबन्धन गर्दैन भन्ने नेताहरुको अभिव्यक्ति प्रति असहमती राख्दै बैठकमै हप्काउनु भएको हो ।
देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ‘म नेविसंघ सभापति हुँदादेखि चितवनबारे थाहा छ । चितवनमा कहिले जित्या छ, गठबन्धन नगर्दा चितवन जिताउने हिम्मत छ, गठबन्धन नगर्ने हो भने फेरि हार्छ, चितवन, मलाई थाहा छैन, ।
नेपाली काग्रेस चितवनका नेताहरुले पटक पटक चितवनमा कसैसंग गठबन्धन नहुने र पार्टी एक्कै चुनावमा लड्ने अभिव्यक्ति दिदै आएपछि देउवा रिसाउनु भएको हो ।