गोरखा, १० चैत । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सचिवमा गोरखाका नेता जगन्नाथ खनाल निर्वाचित हुनुभएको छ । गएको ४ महिना अघि सम्पन्न अधिबेशनपछि हिजो भएको निर्वाचनबाट सचिवमा खनाल बिजयी हुनुभएको हो । माओबादीले प्रदेश अध्यक्षमा गायत्री गुरुङलाई तत्काल सर्वसम्मत चयन गरेपनि बाँकी पदाधिकारी भने चयन गर्न सकेको थियो ।
हिजो भएको अधिबेशनबाट उपाध्यक्षमा गुणाकर बस्याल, ज्ञामनाथ गैह्रे र मित्र शरण शर्मा चयन भएका छन् । सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेखबहादुर भण्डारी र टेकबहादुर बिक निर्वाचित भएका छन् । कोषाध्यक्षमा तारा भुषाल निर्वाचित हुनुभएको छ । प्रदेश समिति सदस्यहरु यसअघि नै चयन भएका थिए । प्रदेश सदस्यहरुबाटै पदाधिकारी चयन भएका हुन्।