Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

आक्रामक चुनाबी रणनीति बनाउन भीमसेन थापा गाउँपालिकामा बस्यो वाइसिएल तयारी बैठक


13.9K
Shares

आक्रामक चुनाबी रणनीति बनाउन भीमसेन थापा गाउँपालिकामा बस्यो वाइसिएल तयारी बैठक

गोरखा १, चैत । नेकपा माओबादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को भीमसेन थापा गाउँपालिका समितिका पदाधिकारी तथा सवै वडाका वाईसिएल अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न भएको छ । आक्रामक चुनावी रणनीति तय गर्नका लागि पूर्व तयारी स्वरुप पालिका भित्रका ८ वटै वडाका वाइसिएल अध्यक्ष सहित पालिकाका पदाधिकारीहरुको बैठक बसेको वाइसिएल भीमसेन थापाका इन्चार्ज सागर श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्नुहुदै नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिका सदस्य प्रेमचन्द्र श्रेष्ठले पार्टी संगठन निर्माणको अबस्थामा भीसमेन थापा गाउँपालिकामा अब माओबादी केन्द्र संग अब कुनै पार्टीले पनि चुनावी प्रतिस्पर्धा गर्न सक्ने अबस्था नरहेको बताउनुभयो । उहाँले आसन्न निर्वाचनमा गाउँपालिकामा माओबादी केन्द्रले जीत प्राबिधिक रुपमा मात्र बाँकी रहेको बताउनुभयो । प्रदेश समिति सदस्य श्रेष्ठले वाइसिएलले जस्तो सुकै परिस्थितीको पनि सामना गर्नुपर्ने अबस्था आउन सक्ने तयारी अबस्थामा रहन निर्देशन समेत दिनुभयो ।

बैठक वाइसिएल गाउँपाटी समितिका अध्यक्ष नविन लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका समितिका उपाध्यक्ष तथा वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, सागर श्रेष्ठ लगायतले आगामी स्थानिय निर्वाचन लक्षित तयारी रहन निर्देशन दिएका छन् ।

बैठकले पार्टीका सवै वडा भित्र सङ्गठन सुदृढीकरण अभियान तिव्र रुपमा सञ्चालन गर्ने तथा यहीँ चैत्र १९ गते पालिका स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology