गोरखा, १ चैत : संघिय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा काग्रेससंग गठबन्धन नहुने स्थिती आए बामगठबन्धन हुनसक्ने बताउनु भएको छ । गोरखा अस्पताल गोरखाको नवनिर्मित भवनको उद्घाटनका लागि आज गोरखा आइपुग्नु भएका एकिकृत समाजबादी पार्टीका नेता समेत रहनुभएका स्वास्थ्यमन्त्री पत्रकारहरुसंग कुराकानी गर्दै संबिधानको रक्षाका लागि गरिएको बर्तमान गठबन्धनको निरन्तरता आफुहरुको पहिलो प्राथामिकताको बिषय भएको बताउनुभयो ।
‘अहिलेको मुख्य आवश्यकता र प्राथामिकता काग्रेस सहितको गठबन्धन नै हो, मन्त्री खतिवडाले भन्नुभयो, यदी काग्रेस गठबन्धनमा नजाने परिस्थिती आएका बाम गठबन्धन हुन्छ ।’ उहाँले बाम गठबन्धन भएपनि एमालेसंगको गठबन्धन भने हुन नसक्ने बताउनुभयो । ‘एमालेसंग तत्काल गठबन्धन सम्भव पनि छैन, उहाँले भन्नुभयो, ‘एमाले बाहेकका एकिकृत माओबादी केन्द्र, जनमेर्चा, जनता समाजबादी पार्टी लगायतका कम्युनिष्ट पार्टीहरु संग गठबन्धन हुनसक्छ । ’
देशको राजनीतिक आबश्यकताले काग्रेससंगको बर्तमान गठबन्धन निर्माण भएको भएको भन्दै उहाँले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफुहरुको जोड रहेको बताउनुभयो । ‘एकिकृत समाजबादी पार्टीका नेताहरु, काग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्राथमिकता बर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने भन्नेछ, मन्त्री खतिवडाले भन्नुभयो, तर अहिलेको गठबन्धनमा रहेका दलहरु कसैले पनि एमालेसंग कदापी गर्दैनन् ।’
मन्त्री खतिवडाले सवै स्थानीय तहमा नै केन्द्रबाट गठबन्धन गरेर मिलाउने कुरा सम्भव नहुने भन्दै गठबन्धनमा सहभागी दलहरु बिच सहमति गरेर प्रदेश वा जिल्लाहरुलाई मिलाउने जिम्मा दिनु उचित हुने बताउनुभयो । ‘आ–आफ्नो जिल्ला वा प्रदेशहरुमा गठबन्धनको मर्म तथा भावना प्रतिनिधित्व हुनेगरी निर्वाचन जाने गरी समन्वय गरेर अघि बढ्न सकिन्छ, उहाँले भन्नुभयो, ‘वा जिल्ला जिल्लाको परिस्थिती अनुसार स्थानीय नेताहरु बसेर गठबन्धन गर्दा राम्रो हुन्छ ।’
उहाँले एमालेले लामो समयदेखि धुन्धकारी चरित्र देखाएर संसद चल्न नदिएकाले गठबन्धनका नेताहरुले संघिय संसदको निर्वाचन समेत अगाडी गर्नुपर्ने तर्क गर्न थालेको बताउनुभयो । ‘ बिपक्षले सदन नै चल्न दिएको छैन, ६ महिना भइसक्यो, मन्त्री खतिवडाले भन्नुभयो, अब समाधान नै हुदैन भनेपछि के गर्ने त भन्दा लोकतान्त्रिक मान्यता अनुसार कार्यकाल समापनको अन्तिम बर्षमा प्रवेश गरेपछि अर्लि इलेक्सनमा जान सकिन्छ भनेका हौ ।’
एमालेले आफ्नो कुर्सीको गुमेको इस्र्या, चिटचिटाहतका कारण मुद्दा पनि जाने र संसद पनि अबरोध गर्ने गरेको आरोप उहाँले लगाउनुभयो । ‘आफैले हस्ताक्षर गरेर एमाले अध्यक्षले मुद्दा पनि हाल्ने र संसद पनि अबरोध गर्ने काम गरेको छ, मन्त्री खतिवडाले भन्नुभयो, यो एमालेको गैह्रलोकतान्त्रिक चरित्र हो ।’