Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

एकीकृत समाजवादी गोरखाले गर्यो जिल्ला सचिवको चयन


3.7K
Shares

एकीकृत समाजवादी गोरखाले गर्यो जिल्ला सचिवको चयन

गोरखा २५, फागुन । गोरखा । नेकपा (एकीकृत समाजवादी) गोरखाको सचिवमा नारायणध्वज खड्का चयन भएका छन् । उप–सचिवको जिम्मेवारीमा रहेका खड्कालाई जिल्ला कमिटीको बैठकले सचिवको जिम्मेवारी दिएको हो ।

जिल्ला कमिटी गठन गर्दा सचिवको जिम्मेवारी पाएकी नेत्री सानुमाया बस्नेत पार्टीको जिल्ला सह–इन्चार्ज बनाइएपछि सचिव पद रिक्त थियो । रिक्त सचिव पदमा खड्कालाई चयन गरिएको जिल्ला अध्यक्ष यादव बस्नेतले जानकारी दिनुभयो ।

पार्टीको विधानमा सुरुमा उप–सचिव १ जना मात्र बनाउने व्यवस्था भएपनि हाल भने २ जना उप–सचिव राख्ने व्यवस्था छ । ३ जना उप–सचिवमा अमृत कालाखेती, कविता अर्याल र तीलक बानियाँलाई चयन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

त्यस्तै, बैठकले पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सदरमुकाममा भएको बैठकले सबैपालिकाको बैठक एकहप्ता भित्रमा सम्पन्न गर्न, जनसंगठनहरुको भेला गर्न चैतको पहिलो हप्ता समय तोकिएको छ ।

बस्नेतको अध्यक्षतामा भएको बैठकमा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी अध्यक्ष रामजी शर्मा, प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका सदश्य विश्वेश्वर कट्टेल, जिल्ला इन्चार्ज जुद्धविलाश भण्डारी, सह–इन्चार्ज सानुमाया बस्नेत लगायतका नेताहरूको उपस्थिती रहेको नेकपा एसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology