Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

माओबादीले तिव्र पा¥यो बारपाक सुलिकोटमा सेल, टोल समिति पुर्नगठन घरदैलो र कार्यक्रम


4.9K
Shares

माओबादीले तिव्र पा¥यो बारपाक सुलिकोटमा सेल, टोल समिति पुर्नगठन घरदैलो र कार्यक्रम

गोरखा १९, फागुन ।  नेकपा माओबादी केन्द्रले बारपाक सुलिकोट गाउँपालिकामा पार्टी सेल कमिटी तथा टोल कमिटीको पुर्नगठन सहित घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गाउँपार्टी समितिका इन्चार्ज बिष्णुप्रसाद भट्ट सहितको टोलीले पार्टीका तल्ला समितिहरुलाई समेत पछिल्लो राजनीतिक घटनाक्रममा प्रशिक्षित गराउदै संगठन निर्माणमा समेत तिव्रता दिएको हो ।

पार्टीले पछिल्लो पटक गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाक, वडा नम्बर ३ को स्वाँरा, वडा नम्बर ४ स्थित सौरपानीमा पुगेर टोल तथा सेल समितिहरुको पुर्नगठन सहित समसामहिक सांगठिन अबस्थाको बिषयमा प्रशिक्षण गरिएको अध्यक्ष नरबहादुर गुरुङले भनाई छ । त्यस्तै वडा नम्बर ६ ताकुकोट माइकोट, डाँडा गाउँ, वडा नम्बर ७ स्थित पाँचखुवा देउराली र वडा नम्बर ८ स्थित पन्द्रुङ लगायतका स्थानमा पनि पुर्नगठन तथा प्रशिक्षण सञ्चालन गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

बारपाक सुलिकोट गाउँपालिका भित्र नेकपा माओबादी केन्द्रले कुल ४४ वटा टोल समिति र त्यस अन्र्तगत रहने गरी १४८ वटा १४८ वटा सेल समिति गठन गरेको गाउँपार्टी अध्यक्ष गुरुङले जानकारी दिनुभयो । वडा नम्बर ७ को धारापानी, बालुवा र सौरपानीमा गरी ७० जना काग्रेसका स्थानीय नेता कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रम बिच बालुवा र धारपानीमा ४० जना र सौरपानीका ३० जना काग्रेसका स्थानीय कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सौरपानीमा काग्रेसका युवा रोसन गुरुङको नेतृत्वमा काग्रेस कार्यकर्ता माओबादीमा प्रवेश उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology