Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिकाद्धारा सुत्केरी षोषणको बजेट समेत रकमान्तरण गरी बृतचित्रका लागि बिनियोजन


3.8K
Shares

गोरखा नगरपालिकाद्धारा सुत्केरी षोषणको बजेट समेत रकमान्तरण गरी बृतचित्रका लागि बिनियोजन

बिमल श्रेष्ठ

गोरखा, २१ माघ : गोरखा नगरपालिका गोरखाको नवौं नगरसभाले बिभिन्न ७६ वटा योजनाको बजेट रकमान्तरण गरेको छ । आज सम्पन्न नगरसभाले बर्थिङ सेन्टरमा सुत्केरी गराए बापत पौष्टिक आहार बितरणका लागि बिनियोजन गरिएको कार्यक्रमको बजेट समेत बृतचित्र निर्माण गर्न नगरपालिकाले रकमान्तरण गरेको छ । त्यस्तै महिला सिप बिकास कार्यक्रमको बजेट पनि नगरपालिका बृतचित्र निर्माणका लागि रकामन्तरण गरेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नगरपालिकाको वडा नम्बर ४ मा २०७४ देखि ०७८ सम्म भएका कामको बृतचित्र निर्माणका लागि सुत्केरी षोषण कार्यक्रम र महिला सिप बिकास कार्यक्रमको बजेट समेत कटौती गरेको हो । नगर कार्यपालिकाले बिभिन्न योजनाबाट कुल १ करोड ८५ लाख ५३ हजार रुपैया बराबरको बजेट रकम रकामन्तरण गरेको छ । नगरसभामा नगरप्रमुख राजनराज पन्तले पेश गर्नुभएको प्रस्ताव नगरसभाबाट पारित भएपछि रकमान्तरणका लागि बाटो खुलेको हो ।

रकमान्तरण गरिएका योजनाहरु दलित सिपमुलक कार्यक्रमदेखि लिएर सडकबाटो निर्माण, गोरेटो बाटो निर्माणसम्मका योजनाको बजेट रहेको नगरसभामा पेश गरिएको प्रस्तावमा उल्लेख छ । नगरसभाले नगरपालिकाको वडा नम्बर १ अन्र्तगत वडास्तरीय ४ वटा र नगरपालिका स्तरीय २ वटा योजनाको बजेट रकमान्तरण गरेको छ । त्यस्तै वडा नम्बर २ को वडास्तरीय ८ वटा, नगरस्तरीय १ वटा, वडा नम्बर ३ को वडास्तरीय ४ वटा, नगरस्तरीय २ वटा योजनाको बजेट रकामान्तरण गरेको हो ।

त्यस्तै वडा नम्बर ४ वडास्तरीय ९ वटा, वडा नम्बर ५ को नगरस्तरीय र वडा स्तरीय गरी दुई वटा योजना, वडा नम्बर ६ को वडास्तरीय ५ वटा र नगरस्तरीय एउटा योजनाको बजेट रकमान्तरण गरेको छ । नगरपालिकाले वडा नम्बर ७ को वडास्तरीय २ वटा, वडा नम्बर ८ को वडास्तरीय ८ वटा, नगरस्तरीय क्रमागत सहित ४ वटा, वडा नम्बर ९ को वडा स्तरीय ५ वटा, वडा नम्बर १० को वडास्तरीय र नगरस्तरीय गरी ३ वटा वडा नम्बर ११ को वडास्तरीय २ वटा र नगरस्तरीय क्रमागत एउटा योजनाको बजेट रकामान्तरण गरेको हो ।

त्यस्तै वडा नम्बर १२ को वडास्तरीय ५ वटा, वडा नम्बर १३ को वडास्तरीय एउटा र वडा नम्बर १४ को वडास्तरीय ३ र नगरस्तरीय ३ वटा योजनाको बजेट रकमान्तरण गरेको हो । नगरसभाको तयारीका लागि बिहिबार बसेको नगर कार्यपालिकाको बैठकमा बिभिन्न ६ वटा वडाका वडाध्यक्षहरुले नगरप्रमुख राजनराज पन्तले एकलौटी रुपमा ८ औं नगरसभाबाट पारित योजनाहरु कटौटी गरी बजेट रकामान्तरण गरेको भन्दै बैठक समेत बहिस्कार गरेका थिए । रकमान्तरण गरिएको बजेट टुक्रे योजनामा बिनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology