Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गएरातीदेखि लागू हुनेगरी फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य


5.5K
Shares

गएरातीदेखि लागू हुनेगरी फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौं १९, माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मटीतेल प्रतिलिटरमा ३ रुपैयाँ र हवाई इन्धनको १० रुपैयाँले मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएको भन्दै निगमले स्थानीय बजारमा पनि मूल्य बढाएको हो ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मटीतेलमा प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले भाउ वृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सयले वृद्धि गरेर एक हजार ९५ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology