काठमाण्डौं १५, माघ । माओबादीबाट निर्वाचित वडाध्यक्ष नै नेपाली काग्रेसमा प्रवेश गरेका छन् । रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष यादव र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।