गोरखा १२, माघ । राष्ट्रिय सभा सभा सदस्य पदमा गोरखा २ नेता निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्य पदका लागि गठबन्धनबाट गण्डकी प्रदेशबाट उमेद्वार बनेका जिल्लाका सवै नेता निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका नेता भुवन वहादुर सुनार तथा गठबन्धबाटै उमेद्वार बन्नु भएकी काग्रेसकी नेतृ कमला पन्त हुन् । त्यस्तै गण्डकी गठबन्धनबाट माओबादी केन्द्रका नेता तनहुँका सुरेश आले मगरले पनि जित्नु भएको छ । गण्डकीबाट एमाले उमेदवार बिरुद्द गठबन्धनले क्लिनस्विप गरेको छ ।