Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल जनस्वास्थ संघको केन्द्रिय सदस्यमा गोरखाका देवकोटाको उम्मेद्बारी


3.8K
Shares

नेपाल जनस्वास्थ संघको केन्द्रिय सदस्यमा गोरखाका देवकोटाको उम्मेद्बारी

गोरखा २२ पुस । नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको सदस्यमा गोरखाका बसन्त देवकोटाले उम्मेद्धारी दिनु भएको छ । यही पुस २४ गते हुने निर्वाचनको लागि देवकोटाले खुला तर्फको केन्द्रीय सदस्यमा उम्मेद्धारी दिनु भएको हो ।

नेपाल जनस्वास्थ्य संघ नजिकबाट नियाल्दै निरन्तर सहयोग सुझाव प्रदान गर्दै आउनु भएका बसन्त अधिकारीको नेतृत्वमा प्रगतिशील समूहबाट आफुले खुला केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएको देवकोटाले बताउनुभयो ।

लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनु भएका देवकोटा यूवा जनस्वास्थ्यकर्मी हुनुहुन्छ । जनस्वास्थ्यसंग सम्बन्धित विभिन्न संघसंगठनमा रहेर सक्रियतापुर्वक काम गर्दै आउनु भएका देवकोटाले तमाम जनस्वास्थ्यकर्मीको हकहितको पक्षमा काम गर्न आफुले उम्मेद्धारी दिएको उहाँले बताउनु भयो।

उहाँले विभिन्न समयमा सामाजिक, संघ संस्थाहरुको नेतृत्वमा समेत रहेर जनतालाई सेवा प्रदान गर्दै आउनु भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको प्रकोपमा समेत उहाँले निरन्तर रुपमा जनताको सुखदुखमा सँगै रहदै आउनु भएको छ ।

यस अघि उहाँका उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निजि सचिवालयमा स्वकिय सचिवको भुमिकामा रही निती निर्माणमा र तर्जुमामा उल्लेख्निय कार्य गर्दै आउनु भएको छ। संघको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि ३५ जनाको उमेद्वारी परेको छ । अध्यक्ष, उपाध्यक्ष सहित कुल १५ सदस्यीय कार्यसमितिका लागि ३५ जनाको उम्मेद्धारी परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology