Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

के तपाईलाई निद्रा लाग्दैन? यस्ता कुरामा ध्यान दिनुहोस् :


9.2K
Shares

के तपाईलाई निद्रा लाग्दैन? यस्ता कुरामा ध्यान दिनुहोस् :

टाउको दुख्नु, आँखा पोल्नु आँखा रातो हुनु, जीउ आलस्य र भारी हुनु यस रोगका लक्षण हुन् । यदि यस्तो भएमा घरेलु रूपमा नै निम्नानुसारको ध्यान पुर्‍याउनु जरुरी हुन्छ

खान र गर्न नहुने कुराहरू :

अनिद्राका रोगीहरूले जाँडरक्सी, चुरोटजस्ता नशा लाग्ने चीजहरूको प्रयोग गर्छन् । यस्ता लागु पदार्थले निद्रा क्षणिक रूपमा लागे पनि खान छोडेपछि झनै समस्या उत्पन्न हुने हुँदा त्यस्ता लागूपदार्थको सेवन नगर्ने, निद्रा लाग्ने औषधि नखाने, सुत्नुअघि चिया, कफी, अमिलो, पिरो, मसलादार खाद्य पदार्थ नखाने ।

खान र गर्न हुने कुराहरू :

जीउ मालिस गरेर सुत्ने, सुत्ने बेलामा तातो दूध पिएर सुत्ने, उसिनेको सादा खाना मात्र खाने, रसिला फलफूलहरूको प्रयोग गर्ने, दूध पिउँदा त्यसमा थोरै जाइफल राखेर पिउने, नियमित योगासन, प्राणायाम, ध्यानजस्ता यौगिक क्रियाहरू गर्ने, जीउ घर्षण गर्ने, वाष्प स्नान गर्ने, मनलाई शान्त पार्ने, सुत्ने बेलामा अनेकौँ समस्याहरूलाई नसम्झी सुत्नाले निद्रा लाग्छ ।

साभार : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology