Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेस केन्द्रीय सदस्यमा खुल्ला तर्फ गोरखाका एक जना मात्र बिजयी


4.1K
Shares

काग्रेस केन्द्रीय सदस्यमा खुल्ला तर्फ गोरखाका एक जना मात्र बिजयी

गोरखा ६, पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा गोरखाका एक जना मात्र बिजयी भएका छन् । यस अघि पनि केन्द्रीय सदस्य रहनुभएका नेता सुरेन्द्रराज पाण्डे बिजयी हुनुभएको हो । पालुङटार नगरपालिका १ खोप्लाङ घर भएका पाण्डे खुल्ला ३५ केन्द्रीय सदस्यभित्र २२ औँ स्थानमा पर्न सफल हुनुभएको हो ।

पाण्डेले २ हजार २०१ मत पाएर विजयी भएको हो। नेता पाण्डे शेरबहादुर देउवा निकट हुनुहुन्छ ।केन्द्रीय समितिमा निर्वाचित गोरखाबाट उहाँ पहिलो हुनुहुन्छ । खुल्लातर्फ उम्मेद्वारी दिएका महासमिति सदस्य राजेन्द्र बजगाई र दीपकबाबु कँडेल भने पराजित भएका छन् ।

जनजातितर्फ चिनकाजी श्रेष्ठ, जनजाति महिलातर्फ मनकुमारी गुरुङ, अल्पसंख्यकबाट हरिबहादुर घले, खस आर्यतर्फ मोहनप्रकाश पोखरेल, मुस्लिम आरक्षण तर्फबाट अब्दुल सतारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उहाँहरुको मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology