गोरखा ४, पुस । नेपाली काग्रेसको १४ औ महाधिबेशन अन्र्तगत भएको केन्द्रीय सदस्य (खुल्ला ३५) का लागि भएको निर्वाचनमा गोरखाबाट उमेद्वार बनेका मध्ये सुरेन्द्रराज पाण्डे नेता ३५ जना भित्र पर्न सकेका छैन । कुल २ हजार ३ सय ९३ मतगणना हुदा सम्ममा पाण्डेले ११ सय ५१ मत ल्याएर २२ औं स्थान कायम राख्नु भएको छ ।
मतगणनाको अन्तिम समयसम्म यो स्थान कायम गर्न सके पाण्डे केन्द्रीय सदस्य बन्ने निश्चित हुनेछ । त्यस बाहेक गोरखाबाट नै केन्द्रीय सदस्यको उमेद्वार बन्नु भएका राजेन्द्र बजगाई ७०४ मत ल्याएर ४९ औं स्थानमा रहुन भएको छ । यही अबस्था कायम रहे पाण्डेले निर्वाचन जित्ने सम्भावना रहदैन । त्यस्तै खुल्ला तर्फ केन्द्रीय सदस्यको उमेद्वार बन्नु भएका पालुङटार नगरपालिकाका मेयर समेत रहनु भएका ई. दीपक बाबु कंडेलले ६५१ मत प्राप्त गरी ५६ औं स्थानमा रहनु भएको छ ।
टप ३५ भित्र नपर्नेहरु निर्वाचनमा पराजित हुनेछन् । खुल्ला तर्फको ३५ का लागि भएको निर्वाचनमा अहिलेसम्म सवैभन्दा बढी डा.शशांक कोइरालाले १९७१ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्मको ९९ जना उमेद्वारको मत परिणाम हेर्नुहोस ।
