Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा पुगेर अर्थमन्त्री बरालले भने, बजेट कार्यान्वयनमा दोष देखाएर उम्किने छुट कसैलाई छैन !


5.3K
Shares

गोरखा पुगेर अर्थमन्त्री बरालले भने, बजेट कार्यान्वयनमा दोष देखाएर उम्किने छुट कसैलाई छैन !

गोरखा, २८ मङ्सिर : गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट कार्यान्वयनमा अरुलाई दोष देखाएर उम्किने छुट कसैलाई नभएको बताउनु भएको छ । मन्त्रालयले गोरखा सदरमुकाममा आज आयोजना गरेको ‘बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी’ अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट कार्यान्वय गर्न नसक्ने भए बेलैमा जानकारी गराउन पनि कार्यालय प्रमखहरुलाई निर्देशन दिनुभयो ।

कर्मचारीहरुले दुर्लभ पक्ष देखाएर आर्थिक बर्षको अन्त्यमा बजेट कार्यान्वय नगर्ने परम्परा रहेको भन्दै अब त्यस्तो छुट नहुने बताउनु भएको हो । ‘कर्मचारीहरुले प्रदेश सरकारले ल्याएका योजनाहरुलाई नजिता निस्कने गरि कार्यान्वयनमा जोड दिनुपर्छ, मन्त्री बरालले भन्नुभयो, कार्यान्वयन गर्न नसक्ने स्थित रहे बेलैमा हामीले सक्दैनौ भनेर जानकारी दिनुस् ।’

जुन परिणाम र अंकको बजेट बन्यो त्यसलाई पूर्ण कार्यान्वयन गर्ने गरि अघि बढ्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । ‘बिषम परिस्थतीमा बजेट बनेकाले बजेटका केही दुर्भल पक्षहरु पनि नभएका होइनन्, मन्त्री बरालले भन्नुभयो, तर ति दुर्बल पक्षहरुलाई कोट्याएर र देखाएर मात्र सुख पाइदैन ।’

उहाँले बजेट कार्यान्वयनमा दोष थुर्पने र उम्कन खोज्ने परम्परा हामीमा भएको भन्दै त्यस्ता खालका परम्पराको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । ‘दोस्रो चौमासिकको आधा समयमा बितिसक्दा पनि बिनियोजित बजेट कार्यान्वयनको कुनै संकेत देखिएन भने त्यो बजेट र योजनाका सवालमा मन्त्रालयले थप निर्णय लिनुपर्ने अबस्था हुनसक्छ, अर्थमन्त्री बरालले भन्नुभयो, मन्त्रालयले त्यस तर्फपनि सोचिरहेको छ, म तपाईहरुलाई आग्रह गर्न चाहान्छु त्यस्तो स्थिती आउन नदिनुस् ।’

उहाँले कार्यालयहरुमा कर्मचारीको समस्या सवै तिर रहेको भन्दै समस्या समाधानका लागि प्रदेश लोकसेवा आयोगबाट कर्मचारी नियुक्ती गर्ने प्रक्रियाहरु सुरु गरिसकेको बताउनुभयो । ‘संघले आबश्यक पर्ने भन्दा बढी कर्मचारी राख्यो, प्रदेशलाई पुग्ने कर्मचारी पठाएन, उहाँले भन्नुभयो, प्रदेशलाई आफुलाई चाहिने कर्मचारीको नियुक्तीका लागि प्रदेश लोकसेवाको गठन गरेर कति कर्मचारी चाहिने हो भन्ने निच्र्योड निकालेर काम सुरु गरिसकेको छ ।’

संघिय व्यवस्था कार्यान्वयन गर्ने संस्थापन भएकाले अहिलेका सवै तहका सरकार, कर्मचारीहरुले कठिनाइको बिचबाट नै काम गर्नुपर्ने परिस्थिती रहेको अर्थमन्त्री बरालको भनाई छ । ‘नेपालमा संघियताको अभ्यास हामीले गरिरहेका छौ, उहाँले भन्नुभयो, ‘यो कारणले पनि धेरै अभाव र कठिनाईका बिचबाट हामीले कार्य सम्पादन गरेर परिणाम निकाल्नु छ ।’ गण्डकी प्रदेशका पूर्व मन्त्री लेखबहादुर थापा मगरले दोश्रो चौमासिकसम्म कार्यान्वयन सुरु नभएका योजनाहरु रद्ध गर्न सुझाव दिनु भयो । उहाँले जिल्लामा राजश्व संकलन गर्न धेरै क्षेत्रहरु छुटेको तथा उठ्नुपर्ने राजश्व कम उठेकोले अनुगमन आवश्यक भएको बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology