गोरखा २८, मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गण्डकी प्रदेश समितिमा गोरखा जिल्लाबाट ४० जना प्रदेश समिति सदस्यमा निर्वाचित भएका छन् । गोरखाबाट कृष्ण चेपाङ, दिपक तिमेल्सिना, छमबहादुर गुरुङ, लोकप्रसाद बन्जरा, जगन्नाथ खनाल धना तमु अनिता भुजेल, , दिलबहादुर सेन्चुरी, भुवनबहादुर सुनार कमला बिक धुव्र सुनुवार प्रदेश समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै पम्फा बसेल, सुदिप नगरकोटी, बिष्णु खड्का, पूर्णकुमारी कंडेल, बन्दना पाण्डे, ऋषिप्रसाद खनाल, नरेन्द्र कुमार श्रेृष्ठ, कन्चन कुमाल, सुभद्रा खड्का, श्यामकुमार श्रेष्ठ, धामी बराम पनि प्रदेश समिति सदस्यमा निर्वाचित भएको नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिका निर्बतमान अध्यक्ष हरीराज अधिकारीले जानकारी दिनुभयो ।
गोरखा जिल्लाबाट प्रदेश समितिमा निर्वाचत हुने अन्य सदस्यहरुमा भगवती तिवारी, सनमाया गुरुङ, राजकुमार कोइराला, दिपक देवकोटा, निमा लामा, जुक्तिबहादुर बि.क, लेखबहादुर थापामगर, शोभा थापा, धुव्रकुमार भट्ट, छमाया थापामगर, लक्ष्मण गुरुङ, अंकुर तिमेल्सिेना आयामा, राजकुमार सुनार, जीवन गुरुङ, भगवती चेपाङ, प्रेमचन्द्र श्रेष्ठ र बासुदेव पोखरेल रहनु भएको छ । गोरखा जिल्लाबाट प्रदेश ११ जिल्ला मध्ये सवैभन्दा धेरै सदस्य गोरखा जिल्लाबाट निर्वाचित भएको उहाँले बताउनुभयो ।
पदाधिकारी टुङगो लाग्न भने बाँकी रहेकाले प्रदेश समितिको पदाधिकारीमा गोरखाबाट क–कसले नेतृत्व पाउनेछन् भन्ने टुङगो लाग्न बाँकी रहेको जनाइएको छ । यद्देपी गोरखा जिल्लाले उपाध्यक्ष र सचिव पद पाउनसक्ने आँंकलन नेताहरुको रहेको छ ।