Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतमा सेनाको चिफ अफ डिफेन्स स्टाफ चढेको हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु


6.7K
Shares

भारतमा सेनाको चिफ अफ डिफेन्स स्टाफ चढेको हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी २२, मङ्सिर । भारतमा सेनाको चिफ अफ डिफेन्स स्टाफ चढेको हेलिकप्टर दुर्घटना भएको छ ।भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उहाँकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।

दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।

रक्षामन्त्री राजनाथ सिंहले बिहीबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology