Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुढीगण्डकी आयोजना रोकिएको कुरा भ्रम हो, तत्काल निर्माण अघि बढ्छ : अर्थमन्त्री शर्मा


9.1K
Shares

बुढीगण्डकी आयोजना रोकिएको कुरा भ्रम हो,  तत्काल निर्माण अघि बढ्छ : अर्थमन्त्री शर्मा

गोरखा २१, मङ्सिर । अर्थमन्त्री जर्नादन शर्मा (प्रभाकरं) ले बुढी गण्डकी आयोजना निर्माणको काम तत्काल अघि बढाउने बताउनु भएको छ । गोरखा र धादिङको सिमानमा बन्न बनाउने भनिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना निर्माणका काम आफ्नै पालामा अघि बढ्ने बताउनु भएको हो । धादिङमा आयोजित एक कार्यक्रममा उहाँले बुढी गण्डकी आयोजना रोकिने भन्ने कुरा भुट्टा कुरा भएको भन्दै भ्रममा नपर्न सवैलाई आग्रह समेत गर्नुभएको हो ।

‘बुढी गण्डकी आयोजना अर्थमा गएर रोकिने भन्ने कुुरा झुट्ट कुरा हुन्, अर्थमन्त्री शर्माले भन्नुभयो, मैले बुढी गण्डकीको फाइलहरु खोज्दैछु ।’ उहाँले बुढी गण्डकी आयोजनाका सवालमा जनतालाई भ्रमित गर्ने कुरा स्विकार्य नहुनेमा समेत बताउनुभयो । ‘बुढी गण्डकीका सन्र्दभमा धुलो लागेका फाइल ट्कटक्याएर खोजी रहेको छु, अर्थमन्त्री शर्माले भन्नुभयो, जनताको के समस्या छ, मुआब्जा कहाँ पाइरहेको छैन, ह्रास कट्टीका के समस्या छन्, बजेट कति आबश्यक छ भनेर मैले हेर्दैछु ।’

अर्थमन्त्री शर्माले आयोजना निर्माणको काम अघि बढाउन कसरी बजेट व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बताउनुभयो । आयोजना निर्माणमा जति ढिलाई ग¥यो उत्ति नै महंगो पर्न जाने भन्दै उहाँले तत्काल नै बजेटको व्यवस्था गरि आयोजना अगाडी बढाउनु तयारीमा आफु रहेको बताउनुभयो ।

उहाँले आयोजनामा निर्माणको काम अर्थ मन्त्रालयमा पुगेर रोकिएको छ भन्ने कुरा भ्रम मात्र भएको उल्लेख गर्नुभयो । उहाँले बुढी गण्डकी आयोजना निर्माण भएपछि डुवान आसपासको क्षेत्र पर्यटकिय हिसावले बिश्वको सुन्दर क्षेत्र बन्ने भएकाले त्यसबाट देशले प्रसस्त फाइदा लिनसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology