Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

माओबादी केन्द्र गोरखाद्धारा जिल्लाका सवै पालिकामा अधिबेशनको तयारी पुरा


3.5K
Shares

माओबादी केन्द्र गोरखाद्धारा जिल्लाका सवै पालिकामा अधिबेशनको तयारी पुरा

गोरखा १०,कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाले भोली हुन लागेको जिल्लाका ११ वटै पालिकाको अशिबेशनको तयारी पुरा गरेको जनाएको छ । माओबादी केन्द्रले गोरखा जिल्लाका २ वटै नगरपालिका र ९ वटै गाउँपालिका स्तरीय अधिबेशनको तयारी पुरा गरिसकेको पार्टीका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापा मगरले जानकारी दिनुभयो । अघिबेशनका लागि दुवै नगरपालिका र ९ वटै गाउँपालिकामा निर्वाचन समितिले काम सुरु गरिसकेको उहाँले बताउनुभयो ।

‘सवै पालिकामा मतपत्र, मनोनयन पत्र लगायतका आबश्यक निर्वाचन सामाग्री पु¥याई सकिएको छ, संयोजक थापामगरले भन्नुभयो, ‘पालिकाहरुमा ५५ सदस्य र नगरपालिकामा ८५ सदस्सीय पार्टी समिति चयन हुनेछ ।’ सवै पालिकाहरुमा सकभर सहमतिबाट पदाधिकारी तथा सदस्य चयन गरिने उहाँले बताउनुभयो । नगरपार्टी समिति र पालिका समितिमा ७/७ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष रहने व्यवस्था माओबादी केन्द्रको बिधानले गरेको छ ।

सहमतिमा नेतृत्व चयन हुन नसक्ने अबस्था आए मतदानबाट नेतृत्व चयन गरिने संयोजक थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको बिधान अनुसार पालिकाको सवै समितिहरुमा महिला ३५ प्रतिसत, युवा २० प्रतिसत, दलित १५ प्रतिसत अनिबार्य समेट्ने व्यवस्था गरिएको छ । त्यस्तै अधिबेशनबाट अधिबेशनबाट जिल्लाको गोरखा नगरपालिकाबाट २२ जना, पालुङटार नगरपालिकाबाट २० जना, सहिद लखन गाउँपालिका १९ जना, गण्डकी गाउँपालिकाबाट १८ जना प्रदेश प्रतिनिधिको रुपमा चयन हुनेछन् ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाबाट १४ जना, भीमसेन थापा गाउँपालिकाबाट १३ जना, सिरानचोक गाउँपालिका १२ जना, धार्चे गाउँपालिकाबाट ११ जना, अजिरकोट गाउँपालिकाबाट १० जना, आरुघाट गाउँपालिकाबाट ९ जना र चुमनुव्री गाउँपालिकाबाट ५ जना प्रदेश प्रतिनिधिको रुपमा निर्वाचित हुने संयोजक थापामगरले जानकारी दिनुभयो । गोरखा जिल्लाबाट प्रदेश प्रतिनिधिको रुपमा १ सय ५३ जना निर्वाचित हुने माओबादी केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology