Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाबाट एमाले केन्द्रीय सदस्यमा ५ जनाको आकांक्षा : ४ हजार बढी कार्यकर्ता लैजाने तयारी


6.7K
Shares

गोरखाबाट एमाले केन्द्रीय सदस्यमा ५ जनाको आकांक्षा : ४ हजार बढी कार्यकर्ता लैजाने तयारी

गोरखा ९, मङ्सिर ।  नेकपा एमालेको १० औं महाधिबेशनमा गोरखाकाबाट ४ हजार भन्दा बढी कार्यकर्ता सहभागी दावी गरिएको छ । महाधिबेशनमा सहभागी हुन जिल्लाका ११ वटै पालिकाहरुबाट कार्यकर्ता चितवन लैजाने तयारी भइरहेको नेतृ सम्झना देवकोटाले जानकारी दिनुभयो । गोरखाबाट नेता कार्यकर्तालाई चितवनमा हुने महाधिबेशनमा सहभागी गराउन ९८ वटा भन्दा बढी बस रिर्जभ गरिसकिएको उहाँले बताउनुभयो ।

‘गाउँपालिकाको केन्द्र तथा वडा–वडामा आज बेलुकीसम्म रिजर्भको बस पुग्ने र भोली बिहान चितवन हिड्ने गरी तयारी गरिरहेको नेतृ देवकोटाले बताउनुभयो । ‘अहिलेसम्ममा ९८ वटा गाडी बुक गरिसकिएको छ, उहाँले भन्नुभयो, अझै केही गाडीहरु अपुग भएकाले थप गनुपर्ने अबस्था आएको छ ।’ नेतृ देवकोटाले अधिबेशनका लागि गोरखाबाट नेता कार्यकर्ता लैजाने तयारी पुरा भएको जानकारी दिनुभयो । एमाले गोरखाबाट महाधिबेशनको प्रतिनिधीको रुपमा १५ जना छनोट गरि पठाइ सकिएको र १ जना पदेन सदस्यको रुपमा सहभागी हुने प्रावधान रहेकाले बन्दसत्रमा १६ जना सहभागी हुन पाउनेछन् ।

त्यस बाहेक गोरखा जिल्ला घर भई बिभिन्न बिभाग र जनवर्गिय संगठन रहेर कार्य गर्दै आएको अन्य ४ जनाले महाधिबेशनको बन्दसत्रमा सहभागी हुने नेतृ देवकोटाले जानकारी दिनुभयो । यो पटक गोरखा जिल्लाबाट पार्टीको केन्द्रीय समितिमा ४ जनाले आकाक्षा गरेका छन् । जिल्लाका हाल केन्द्रीय सदस्य समेत रहनु भएका नेता रामशरण बस्नेत, नेतृ सम्झना देवकोटा, अल्पंसख्यकबाट नेतृ मिना बराम, नेता सुरेन्द्र थापा, बाबुराम थापाको पनि यो पटक केन्द्रीय सदस्यमा आकाक्षा रहेको बुझिएको छ ।

एमालेको बिधानमा पार्टी सदस्यता लिएको कम्ती १० बर्ष पुगेका व्यक्तिले केन्द्रीय सदस्यमा उमेद्वारी दिन पाउनेछन् । पार्टीको केन्द्रीय समितिको पदाधिकारीमा भने गोरखाबाट नेता रामशरण बस्नेत बाहेक अन्य नेताको योग्यता नपुग्ने बताइएको छ । तर नेता बस्नेतले पनि पदाधिकारीमा इच्छा व्यक्त नगरेको स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology