Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेसको अधिबेशन : मतगणनास्थलमै दुई पक्ष बिच हानाहान, ७ जना घाइते


3.8K
Shares

काग्रेसको अधिबेशन : मतगणनास्थलमै दुई पक्ष बिच हानाहान, ७ जना घाइते

प्युठान ८, मसिंर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भएको प्युठानको अधिबेशनमा दुइृ पक्ष बिच मतगणनास्थलमा दुईपक्ष बिच हानाहान भएको छ । गएराति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसको टिनमा कसैले ढुँगा हानेपछि सिर्जना भएको तनाव नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास हान्नु परेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

झडपका क्रममा दुईजना प्रहरी सहित ७ जना घाइते भएका छन् । प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाइते भएका छन् । कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० वर्षीय कमल घर्ती , नौबहिनी ६ का २६ वर्षीय कुंवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका ७ का खेमराज पण्डित उक्त झडपमा घाइते भएका छन् ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले दुई कांग्रेसका दुई पक्षका कार्यकर्ताको प्रदर्शनले उग्ररुप लिन थालेपछि बाध्य भएर दुई राउन्ड अश्रुग्यास हान्नु परेको जानकारी दिनुभयो। मतगणनाको क्रममा संस्थापन इतर पक्षधर बिष्णुकुमार गिरीले अग्रता लिएका थिए । त्यही क्रममा कसैले टिनमा ढुँगा हानेपछि विवाद चर्किएको थियो । अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास हानेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology