Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ३ महिनाको अबधी मात्र राहदानीका लागि आवेदन दिनेको संख्या १५ सय नाध्यो


4K
Shares

गोरखामा ३ महिनाको अबधी मात्र राहदानीका लागि आवेदन दिनेको संख्या १५ सय नाध्यो

गोरखा ५, मंसिर । जिल्ला प्रसासन कार्यालय गोरखा पछिल्लो ३ महिनाको अबधीमा मात्र १५ सय भन्दा बढी युवाहरुले राहदानीका लागि आवेदन दिएका छन् । कोरोना महामारी केही मन्थर भए संगै अध्ययन र रोजगारीमा जानका लागी क्रम बढेकाले जिल्लामा राहदानीको लागी आवेदन दिनेको संख्या ह्वात्तै बढेको हो । अंग्रेजी महिनाको नोबेम्बरबाट बैदेशिक रोजगारी र अध्ययनका लागी जाने पाउने भए छि गोरखाको प्रशासनमा नेपाली राहदानी लिनका लागी १ हजार ५६४ जनाले आवेदद दिएको प्रमुख प्रशासकिय अधिकृत चुढानिधी तिवारीले जानकारी दिनुभयो ।

राहदानी बनाउने मध्ये केहीले अमेरिकी भिजाको फर्म भर्न पनि राहदानी बनाएको उहाँले बताउनुभयो । अहिले अमेरिकी (ईडिभी) भिजाको लागी पनि राहदानी अनिवार्य गरेपछि प्रशासनमा आवेदन दिनेको संख्या ह््वात्तै वढेको अधिकृत तिवारीले जानकारी दिनुभयो । प्रशासनले दिएको जानकारी अनुसार पहिलो ३ महिनामा मात्रै ९६५ जना पुरुष र ५९९ जना महिलाले राहदानी पाउनका लागी आवेदन दिएका छन् । जस मध्ये साउन महिनामा ११८ जना महिला र ३२८ जना पुरुष गरी ८४६ जना, भाद्र महिनामा २०४ जना महिला र २५७ जना पुरुष गरी ४६१ जना र कात्र्तिक महिनामा २७७ जना महिला र ३८० जना पुरुषले आवेदन दिएका थिए ।

यसका साथै राजधानीको परराष्ट्र मन्त्रालयबाट उपलब्ध गरिने द्रुत तर्फ पनि पहिलो ३ महिनामा ७६८ जनाले सिफारीस लिएर गएका छन् । द्रुत लिने तर्फ साउनमा ११२ जना महिला र २१७ जना पुरुष, भाद्र महिनामा ७७ जना महिला र १४५ जना पुरुष र असोज महिनामा ९९ जना महिला र ११८ जना पुरुषले प्रशासन कार्यालयबाट सिफारीस लिएर गएका छन् । जिल्लामा राहदानी लिन चाहने १ हजार ५६४ जनाबाट प्रशासनले ७८ लाख २० हजार राजश्व समेत संकलन गरेको छ ।

सामान्यतया अन्य समयमा दैनिक १० जनादेखी २० जनासम्मले राहदानीको लागी आवेदन दिने भएता पनि केही महिना यता प्रशासनमा आवेदन दिनेहरुको बिहानैदेखी भिड लागेको देखिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology