Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओबादी केन्द्र गोरखाको ९४ वटै वडामा वडा अधिबेशन अन्तिम चरणमा


5.3K
Shares

माओबादी केन्द्र गोरखाको ९४ वटै वडामा वडा अधिबेशन अन्तिम चरणमा

गोरखा ३, मंसिर । नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्रका ९४ वटामा भोली आयोजना गरेको दोस्रो वडा अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीले जिल्लाका ११ वटै स्थानीय तहका सवै वडामा वडा अधिबेशन सम्पन्न यस अघि नै निर्वाचन समिति गठन गरेको थियो । ”सवै वडामा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति पुगीसकेको छ, पार्टीका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापाले भन्नुभयो, ”निर्वाचनको तयारी लगभग पुरा भएको छ ।”

अधिबेशनका लागि निर्वाचन समितिलाई मनोनयन पत्र, मतपत्र लगायतका आबश्यक सवै व्यवस्था गरि वडावडामा पठाइएको उहाँले बताउनुभयो । माओबादीले पहिलो पटक पाटीलाई थप व्यवस्थित गर्न टोलदेखि वडा, गाउँपालिका, नगरपालिका, प्रदेश तथा केन्द्रमा समेत निर्वाचन मार्फत नेतृत्व चयन गर्न लागेको हो । माओबादी केन्द्रको बिधानले टोलमा रहने सेलमा समेत १९ सदस्सीय सेल कमिटी गठन गर्नेछ भने वडामा २९ सदस्सीय वडा समिति गठन गर्ने व्यवस्था गरेको छ ।

पार्टीका सवै समितिहरुमा समावेशिता र समानुपातिकता मिलाउनका लागि कम्तीमा ३५ प्रतिसत महिला, १५ प्रतिसत दलित, १० प्रतिसत युवालाई समेट्नु पर्ने व्यवस्थामा माओबादीको बिधानले गरेको छ । जिल्लामा बिधान अनुसार निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश निर्वाचन समितिले जिल्लाका सवै निर्वाचन समितिलाई अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको संयोजक थापामगरले जानकारी दिनुभयो । वडा तथा सेल समितिहरुमा सकभर सहमतीको आधारमा नेतृत्व चयन गर्ने सहमती नभए निर्वाचन मार्फत नेतृत्व चयन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology