Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओबादी गोरखाले ९४ वटै वडामा मंसिर ४ र सवै पालिकामा मंसिर ११ गते अधिबेशन सम्पन्न गर्ने


6.9K
Shares

माओबादी गोरखाले ९४ वटै वडामा मंसिर ४ र सवै पालिकामा मंसिर ११ गते अधिबेशन सम्पन्न गर्ने

गोरखा ३०, कात्तिक । नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्रका ९४ वटै वडामा मंसिर ४ गते तथा ११ वटै स्थानीय तहमा मंसिर ११ गते अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ । माओबादी केन्द्र गोरखाको आज बसेको जिल्ला समन्वय समितिको बैठकले पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्ला भित्रका वडा र पालिकाहरुमा अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको संयोजक लेखबहादुर थापाले जानकारी दिनभुयो ।

अधिबेशनले वडामा २९ सदस्सीय समिति गठन गर्नेछ भने नगरपालिकामा ६५ सदस्सीय र गाउँपालिकामा ५५ सदस्सीय समिति गठन हुने उहाँले बताउनुभयो । माओबादी केन्द्रले यो पटकदेखि बिधानमा एक व्यक्ति एक पदको व्यवस्था गरेको छ भने जिल्ला समन्वय समितिका सवैलाई जुन गाउँपालिकामा घर ठेगाना रहेको छ, त्यही पालिकाको आयोजना समितिमा रहने व्यवस्था गरेको संयोजक थापामगरले जानकारी दिनुभयो ।

पार्टी संगठनलाई व्यवस्थित बनाउन बैधानिक ढंगबाट समितिहरु गठन गर्न निर्वाचनको तयारी थालिएको उहाँको भनाई छ । ‘जिल्ला भित्र पार्टी सदस्यता नविकरण यही मंसीर २ गतेभित्र गरिसक्नु पर्नेछ, संयोजक थापामगरले भन्नुभयो, ‘पार्टी सदस्यता मात्र जिल्लामा २३ हजार ५०१ पु¥याउने गरि काम भइरहेको छ ।’ माओबादीले यस पटकदेखि वडा भित्रका टोलमा सेल कमिटी निर्माण गर्ने र हरेक सेलमा सेक्रेटरीले नेतृत्व गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

एउटा टोलमा ३ वटा सेल निर्माण हुन्छ, संयोजक थापाले भन्नुभयो,‘सेल कमिटी पनि १९ सदस्य हुने व्यवस्था बिधानले गरेको छ ।’ बैठकले पालुङटार नगरपालिकाको सह–इन्चार्जमा भुवन सुनारलाई जिम्मेवारी दिने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology