गोरखा २४, कात्तिक । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यमा गोरखा जिल्लाबाट १७ जना मनोनित गरिएको छ । प्रदेश कमिटी सचिवालयको १२ औं बैठक तथा प्रदेश कमिटीको ८ औं पूर्ण बैठकले गोरखा जिल्लाका १७ जनालाई मनोनित गरिएको नेकपा एमालेले जनाएको छ ।
गोरखाबाट प्रदेश कमिटीमा मनोनित हुनेहरुमा देवराज श्रेष्ठ, कमल दानी फम्फा खत्री, बिपिन मल्ल, सुवास अधिकारी, कृष्णवावु कुँवर, बुद्धिप्रसाद दवाडी, कुलबहादुर गुरुङ, भीमबहादुर धमला, ओमबहादुर बराकोटी, टिकानारायण श्रेष्ठ रहनु भएको छ । त्यस्तै हरी भट्ट, दिनेश तमू, सुरेन्द्र बि.क, राजु रानामगर र गोपाल पाण्डेलाई पनि बैठकले प्रदेश कमिटी सदस्यमा मनोनित गरेको एमालेले जनाएको छ ।
त्यस्तै जिल्लाबाट प्रदेश संगठन कमिटी सचिवालयमा गोरखाबाट प्रेम गुरुङ, बाबुराम थापा, सम्झना देवकोटालाई चयन गरिएको जनाएको छ ।