Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : डा भट्टराई


3.1K
Shares

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : डा भट्टराई

गोरखा, २३ कात्तिक (रासस) : जनता समाजबादी पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ । गोरखाको सहिद लखन गाउँपालिकाको घैरुङमा आज आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै डा. भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताउनु भएको हो ।

‘संबिधान सभाबाट संबिधान बनाएपनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन, उहाँले भन्नुभयो, जवसम्म योग्य मान्छे, योग्य समुह सवै छानेको प्रतिनिधिले नेतृत्व लिदैन, त्यो नभएसम्म देशमा सहित अर्थमा लोकतन्त्रपनि आउदैन र बिकास र सम्बृद्धि पनि हुदैन ।’ अध्यक्ष डा. भट्टराईले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताउनुभयो ।

उहाँले माओबादी लगायतका दलहरुले अहिलेको संबिधानमा सवैथोक पुग्यो भन्नु यर्थाथ नभएको भन्दै अहिलेको संबिधान पूर्ण नभएको बताउनुभयो । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू नभएसम्म संबिधानसभाबाट बनेको संबिधान पनि पूर्ण छैन, डा भट्टराईले भन्नुभयो, संबिधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतिय प्रणालीले लागू गर्न सके मात्र त्यो पुरा हुन्छ ।’

अहिलेको नेपालको संघियता आफुहरुले खोजेको जस्तो संघियता नभएको पनि अध्यक्ष डा. भट्टराईको भनाई छ । ‘बिभिन्न जातजाती, भाषा र समुदायले बनेको मुलुक हो, संघियता भनेको आफ्नो भाषा, इतिहास थाकथलो मिल्ने गरि भौगोलिक सिंमाकन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र संघियता होइन, डा. भट्टराईले भन्नुभयो, जातिय र भाषिक बिबिधता भएका देशहरुमा त्यही अनुसार सिंमांकन हुनुपथ्र्यो ।’

अर्को प्रसंगमा उहाँले हिजोका माओबादी एकता आबश्यक भएपनि पुरानै अबस्था नभई पुराना माआबोदीहरु नयाँ ठाउँमा आएर एकता हुनुपर्नेमा बताउनुभयो । ‘नयाँ बिचार शैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाँउमा जाऔं, माओबादीको हिजोको बिचारले मात्र पुग्दैन, डा.भट्टराईले भन्नुभयो, सवै माओबादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology