Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः थापा


10.9K
Shares

नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः थापा

गोरखा, २३ कात्तिक । नेपाल परिवार दल गोरखाको अध्यक्ष पुनः रबिन्द्रजंग थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । गोरखा सदरमुकाममा आज सम्पन्न भएको जिल्लाको दोस्रो अधिबेशनले थापालाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिबेशनले पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम खड्का, सचिवमा प्रेम बिश्व, कोषाध्यक्षमा शिवदेवी पोखरेललाई चयन गरेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।

त्यस्तै अधिबेशनबाट पार्टी जिल्ला कमिटी सदस्यहरुमा सुशिल कुमाल, मनिष रोका, सरोज थापा, चित्रबहादुर कुमाल र कोपिला थापा निर्वाचित हुनुभएको उहाँले बताउनुभयो । पार्टीको जिल्ला कमिटी ३२ सदस्सीय हुने भएपनि बाँकी पदाधिकारी र सदस्यहरु भने पहिलो बैठकबाट मनोनित गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो पहिलो प्राथामिकता जिल्लाका ११ स्थानीय र ९४ वटै वडामा पाटी संगठन बिस्तार गर्ने बताउनुभयो । उहाँले छिट्टै हुन लागेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनलाई समेत मध्यनजर गर्दै सगठन सुदृढिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology