Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले भ्रमको खेती गर्ने पार्टी भन्दै माओबादीमै फर्किए गोरखाका बिधार्थी नेता थापामगर


5.2K
Shares

एमाले भ्रमको खेती गर्ने पार्टी भन्दै माओबादीमै फर्किए गोरखाका बिधार्थी नेता थापामगर

गोरखा, १६ कात्तिक । अखिल क्रान्तिकारी गोरखाका पूर्व अध्यक्ष सन्जिव थापामगर पुनः माओबादी केन्द्रमा नै फर्कनु भएको छ । अदालतको आदेशमा नेकपा अलग भएपछि नेकपा छोडेर एमाले पार्टीमा प्रवेश गर्नुभएको थापा मगर आज फेरि एमाले परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

एमाले निकट अनेरास्वबियूको सचिवालय सदस्य रहनुभएका उहाँले आफुले एमाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । एक बिज्ञप्ति जारी गर्नुहुदै केपी ओलीको पार्टी रहदाको अनुभव र अनुभूतिमा एमाले समाजबादी पार्टी बनाउने भन्दा पनि नेतृत्वको अति केन्द्रीकरण र देवत्करण गरि कम्युनिष्ट पार्टीलाई निरंकुस, व्यक्तिबादी पार्टी बनाउन तर्फ उन्मुख रहेको भन्दै एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ ।

एमाले संबिधानले संबिधानले परिकल्पना गरेको समाजबाद उन्मुख समाजबाद ल्याउन कुनै गुन्जायस नदेखिएकाले एमालेमा रहदा लिएको सवै जिम्मेवारी परित्याग गर्दै नेकपा माओबादी केन्द्रमा फर्किएको उहाँले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ । “श्रदेय अध्यक्ष प्रचण्डले नेतृत्व गर्नुभएको नेकपा माओबादी केन्द्र मेरो यथावत पार्टी फकिएको कुरा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछु,” नेता थापामगरद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, “भ्रममा रहेर एमालेमा रहनु भएका सम्पूर्ण पूर्व माओबादी साथीहरुलाई आफ्नो पार्टीमा फर्कन अपिल गर्छु ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology