Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड


3.1K
Shares

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

काठमाण्डौं १५, कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताउनु भएको छ । आज पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कार्यक्रममा उहाँले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताउनु भएको हो ।

निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा राजनीतिक तहमा छलफल चलिरहेको छ तर निर्वाचन आयोगसँग छलफल गर्न बाँकी नै रहेको उहाँको भनाई छ । राज्यलाई कम भार पार्ने, जनतालाई कम दुख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेश अनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने ग¥यो भने धेरै चलखेल षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको अध्यक्ष प्रचण्डले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology