Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गणतन्त्र धर्मनिरपेक्षा संघियता लगायतको रक्षा माओबादीले मात्र गर्न सक्छ : नेता अधिकारी


4.3K
Shares

गणतन्त्र धर्मनिरपेक्षा संघियता लगायतको रक्षा माओबादीले मात्र गर्न सक्छ : नेता अधिकारी

गोरखा १५, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का केन्द्रीय सदस्य हरिराज अधिकारीले जनयुद्ध र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा माओबादीले मात्र गर्न सक्ने बताउनुएको छ । नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका वडा नम्बर ८ ले वडा दशै दिपावली तथा छठ पर्वको अबसरमा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद समेत रहनु भएका नेत अधिकारीले आगामी निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन नेता कार्यकता सवै प्रतिबद्ध भएर लाग्नु पर्नेमा समेत जोडदिनुभयो । उहाँले देशमा गणतन्त्र, धर्मनिपेक्षता, संघियता, आदीबासी जनजाती दलित महिला, मुस्लिम र पिछडिएका समुदायको अधिकारी माओबादी ल्याएको भन्दै यसको रक्षाका लागि पनि माओबादीको नेतृत्व आबश्यक पर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको बलिदानीबाट संबिधान सभा मार्फत बनेको संबिधान च्यात्ने काम भएपनि अदातलले त्यसलाई उल्ट्याई दिएर संबिधानको रक्षा भएको भन्दै माओबादीले कम्युनिष्टका नाममा हुने गतल प्रबृतिलाई कदापी स्विकार गर्न नसक्ने बताउनुभयो । उहाँले जनताले दुई तिहाई बहुमत दिएको कम्युनिष्ट पार्टीलाई ओलीकै कारण अहिलेको अबस्थामा आइपुगेको भन्दै राजनीतिक स्वार्थ भन्दापनि व्यक्तिगत स्वार्थमा ओली लागेकाले देशलाई समेत दुर्घटनाको मुखमा पु¥याएको बताउनुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य लोकप्रसाद बन्जरा (अक्कल), माओबादी केन्द्र गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण रानामगर, अनेरास्वबियू क्रान्तिकारी गोरखाका इन्चार्ज रामकृष्ण भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology