Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

देशभर २४ घण्टामा कोरोना संक्रमितको संख्या आज यस्तो छ !


2.5K
Shares

देशभर २४ घण्टामा कोरोना संक्रमितको संख्या आज यस्तो छ !

काठमाण्डौं १०,कात्तिक । नेपालमा गत २४ घन्टामा देशभर थप ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ९ हजार ४ सय ९५ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार १ सय ६७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय ८२ र २ हजार ३ सय २८ एन्टीजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हाल सम्म आरटी पिसिआर विधिबाट ८ लाख १० हजार ८ सय ८० र एन्टीजेन विधिबाट ९४ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयको नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा सह प्रवक्ता डा.समिर कुमार अधिकारीले गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ४ सय ९५ जना स्वस्थ भएको बताउनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ८९ हजार १ सय २५ पुगेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै गत २४ घन्टामा देशभर थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८० पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर ७७ हजार २ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर १० हजार ३ सय ७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology