Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

एकिकृत समाजबादीले पायो चुनाव चिन्ह


3.7K
Shares

एकिकृत समाजबादीले पायो चुनाव चिन्ह

गोरखा १०, कात्तिक ।  नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले चुनाव चिन्ह उपलब्ध गराएको छ । आयोगका अनुसार एकीकृत समाजवादीले माग गरे अनुसार ‘कलम’ चुनाव चिन्ह उपलब्ध गराइएको हो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिन्ह कलम माग गरिएको र सो चिन्ह एकीकृत समाजवादी पार्टीलाई उपलब्ध गराइएको निर्वाचन आयोगले जनाएको छ ।

एकीकृत समाजवादीले प्रस्ताव गरेको झण्डा पनि प्रदान गरिएको आयोगले जनाएको छ । जसमा रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिह्न अङ्कित हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology