काठमाण्डौं १०, कात्तिक । नेपाली बजारमा आज फेरि सुनचाँदकिो मूल्य ह्वात्तै घटेको छ । बुधबार (हिजो) को तुलनमा सुनको मूल्यमा आज प्रति तोला ६ सय रुपैयामा कमि आएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै चाँदी १५ रुपैयाँले घट्न पुगेको हो ।
घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत मंगलबार बजारमा सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यता तेजाबी सुन समेत गत मंगलबारको तुलनामा ६०० रुपैयाँले नै सस्तिँदै बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।