Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

एमाले गोरखाले गर्यो चुमनुव्री बाहेक जिल्लाका सवै वडामा वडाअधिबेशन


7.2K
Shares

एमाले गोरखाले गर्यो चुमनुव्री बाहेक जिल्लाका सवै वडामा वडाअधिबेशन

गोरखा ६, कात्तिक ।  नेकपा एमाले गोरखाले जिल्लाको अधिकांस वडामा शनिबार वडा अधिबेशन गरेको छ । दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रिय तालिका अनुसार नै आज गोरखा जिल्लामा बाँकी रहेको वडाहरुको अघिबेशन भएको हो । चुमन्रबी गाउँपालिका बाहेका सवै वडाहरुमा वडा अधिबेशन सम्पन्न भएको नेतृ सम्झना देवकोटाले बताउनुभयो । भौगोलिक अबस्थाका कारण चुमनुब्री गाउँपालिकाका वडाहरुको जानकारी प्रात्त हुन बाँकी रहेको उहाँको भनाई छ ।

त्यस बाहेकका १० वटा वडाहरुमा यस अघि नै अधिबेशन सम्पन्न भएको नेतृ देवकोटाको भनाई छ । जिल्ला भित्रका वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्नका लागि गोरखा नगरपालिकामा नेतृ सम्झना देवकोटाको नेतत्ृवमा नेताहरुको टिम परिचालन गरिएको थियो । पालुङटार नगरपालिका भित्रका वडाहरुको अधिबेशनका नेता बाबुराम थापा र हरी काफ्ले नेतृत्वको टिम परिचालन गरिएको थियो ।

आरुघाट गाउँपालिका र धार्चे गाउँपालिका पार्टीका जिल्ला सचिव कृष्ण नेपाली संयोजकत्वमा रहेको टोलीले वडा स्तरीय अधिबेशन सम्पन्न गरेको छ भने भीमसेन थापा गाउँपालिकामा सुरेन्द्र थापाको नेतृत्वमा, गण्डकी गाउँपालिकामा गोपाल पाण्डेको नेतृत्वमा वडाहरुको अधिबेशन सम्पन्न गरेको हो । त्यस्तै अजिरकोट गाउँपालिकामा कमल दानी र बारपाकसुलिकोट गाउँपालिकामा प्रेम गुरुङ नेतृत्वमा वडा स्तरीय अधिबेशन गरिएको नेतृ देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै सहिद लखन गाउँपालिकामा कृष्ण देवकोटा नेतृत्वको नेताहरुको टोली परिचालन गरिएको हो । अधिबेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दशै भरी एक पटक उद्घाटन गर्नुभएको थियो । विधान महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले आज एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशनको उद्घाटन गरेको हो । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयोे ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।

एमालेको स्थायी कमिटीको हिजोको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology