Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले गोरखा नगरपालिका १० को अध्यक्षमा भूरमण घिमिरे चयन


8K
Shares

एमाले गोरखा नगरपालिका १० को अध्यक्षमा भूरमण घिमिरे चयन

गोरखा ५, कात्तिक ।  नेकपा एमाले गोरखा नगरपालिका वडा नम्बर १० को वडा अधिबशेनले भुरमण घिमिरेको अध्यक्षतामा २६ सदस्सीय वडा पार्टी कमिटी गठन गरेको छ । आज सम्पन्न भएको अघिबेशन मार्फत घिमिरेको अध्यक्षतामा गठित वडा पार्टी कमिटिको उपाध्यक्षमा चन्द्रबहादुर खड्का, सचिवमा तुलमान तामाङ, उपसचिवमा बिरबहादुर राना र गरिमा सुनार चयन भएका छन् ।

त्यस्तै अधिबेशनले शर्मिला थापाको संयोजकत्वमा २३ सदस्सीय वडा स्तरीय अखिल नेपाल महिला संघ गठन भएको छ । जसको सहसंयोजकमा बिष्णुमाया काप्री र सचिवमा तारा श्रेष्ठ गुरुङ चयन हुनुभएको एमाले गोरखा जिल्ला कमिटि सदस्य देवीबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अधिबेशनले प्रयु भट्टको अध्यक्षतामा १७ सदस्यीय युवा संघ समेत गठन गरेको उहाँले बताउनुभयो । जसको उपाध्यक्षमा निरज अर्याल, सचिवमा दिलिप थापामगर, सहसचिवमा राजेन्द्र बाँनिया र कोषाध्यक्षमा अपेक्ष राना चयन हुनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology