गोरखा ५, कात्तिक । नेकपा माओबादी केन्द्रको बिभिन्न ३३ बिभाग मध्ये २ वटा बिभागको नेतृत्व गोरखाले पाएको छ । गोरखाका दुई नेताहरु नारायणकाजी श्रेष्ठ र हरीराज अधिकारीले बिभागको नेतृत्व गर्ने अबसर पाएका छन् ।
पाटीको निर्णय अनुसार नेता नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी पाउनु भएको छ भने अर्का नेता तथा गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधीसभाका सांसद हरिराज अधिकारीले भौतिक पूर्वाधार विभागको जिम्मेवारी पाउनु भएको छ ।