Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमण अझै १ वर्ष लम्बिन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी


5.6K
Shares

कोरोना संक्रमण अझै १ वर्ष लम्बिन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाण्डौं ४, कात्तिक । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी अझै १ वर्ष लम्बिन सक्ने प्रक्षेपण गरेको छ ।अहिले पनि गरीब मुलुकमा पर्याप्त मात्रामा कोरोना बिरुद्वको खोप नपुगेकाले महामारी अझै १ वर्षसम्म लम्बिन सक्ने संगठनले प्रक्षपण गरेको हो ।

संगठनका उच्च अधिकारी ब्रुस आयलवर्डले गरीब मुलुकमा कोरोना खोप नपुगेको कारण सन् २०२२ मा पनि कोरोना महामारी सकिने नसक्ने बताएका हुन् ।अहिलेसम्म अफ्रिकामा ५ प्रतिशतभन्दा कम मानिसले मात्र कोरोना खोप लगाएको बीबीसीले जनाएको छ । अन्य महादेशमा भने ४० प्रतिशत मानिसले कोरोना खोप लगाइसकेको तथ्य सार्वजनिक भएका छन् । आयलवर्डले धनी मुलुकलाई कोरोना खोप नपाएका गरिब मुलुकलाई सहयोग गर्न आग्रह गरेका छन् ।

विश्वभर कोरोना खोप पुर्‍याउन संगठनको नेतृत्वमा ल्याएको कोभ्याक्स कार्यक्रमले पनि लक्ष्य अनुसारको खोप वितरण गर्न सकिरहेको छैन । त्यसैले पनि अफ्रिकी मुलुकमा कोरोना खोपको अभाव देखिएको हो ।कोभ्यास कार्यक्रम अन्तर्गत सन् २०२१ भित्र २ अर्ब डोज खोप वितरणको लक्ष्य राखिएको थियो तर अहिलेसम्म केवल ३७ करोड १० लाख डोज खोप मात्र वितरण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology